महासङ्घको उदेश्यहरु

(१) श्रमिक÷पेसाकर्मीहरूको दक्षता वृद्धि तथा आर्थिक, सामाजिक र बौद्धिक समुन्नतिका लागि उनीहरूको सेवा सर्त तथा कार्य अवस्थामा सुधार ल्याउन राष्ट्रिय रूपमा प्रयत्नशील रहने ।

(२) श्रमिक÷पेसाकर्मी र व्यवस्थापन तथा सरकार बिच सुसम्बन्ध राख्न प्रयत्न गर्ने ।

(३) विभिन्न क्षेत्रका पेशागत सङ्गठन÷ट्रेड युनियन बिच आपसी सुमधुर सम्बन्ध बढाउँदै उनीहरूलाई देश विकासमा सङ्गठित तबरले क्रियाशील गराउन प्रयत्नशील रहने ।

(४) देशको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा जनमुखी नीति अवलम्बन गर्न सरकारलाई सुझाव दिने ।

(५) महासङ्घका सदस्यहरूलाई तालिम तथा शिक्षा प्रदान गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने ।

(६) श्रम नीतिको तर्जुमा गर्न र श्रमिक पेसाकर्मीहरूको तलब तथा सुविधा वृद्धिको निर्धारण गर्नका लागि सरकारलाई आवश्यक सल्लाह र सुझाव दिने ।

(७) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विभिन्न ट्रेड युनियन केन्द्रहरूसँग सम्बन्ध स्थापना गर्ने ।

(८) श्रमिक पेसाकर्मीहरुको हकहितका लागि व्यवस्थापन र नेपाल सरकार समक्ष सामूहिक सौदावाजी गर्ने ।

(९) श्रमिक÷पेसाकर्मीहरूलाई आफ्नो सेवाप्रतिको दायित्व दक्षतापूर्वक निर्वाह गर्ने कार्यमा प्रेरित गर्ने ।

(१०) श्रमिक÷पेसाकर्मीहरूको हकहितको संरक्षण र संवद्र्वन गर्नका लागि सबै क्षेत्रमा ट्रेड युनियन खोल्ने, माग दाबी पेस गर्ने, सामूहिक सौदाबाजी गर्ने र आवश्यकता अनुसार हड्ताल लगायतका दबाबमूलक कार्यक्रम सञ्चालन गर्न पाउने
ट्रेड युनियन अधिकारलाई संवैधानिक एवं कानुनी रूपमा स्थापित गर्न प्रयत्नशील रहने ।

(११) श्रमिक पेसाकर्मी र आश्रित परिवारको हितका लागि विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने गराउने ।

(१२) राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सहित श्रमिक पेसाकर्मीहरूको जीवनलाई समृद्ध बनाउन क्रियाशील रहने ।

(१३) मुलुकमा लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै समाजवाद स्थापनाका लागि सहयोग पु¥याउने ।

(१४) स्वरोजगार क्षेत्रका श्रमिक पेसाकर्मीहरुको हकहितको संरक्षण गर्ने ।

(१५) कार्यस्थल र सार्वजनिक क्षेत्रमा लैङ्गिक विभेदको अन्त्य गर्न प्रयत्नशील रहने ।

(१६) सेवा निवृत्त श्रमिक पेसाकर्मीको हकहितको संरक्षण गर्ने ।

(१७) सार्वजनिक सेवालाई जनमुखी उत्तरदायी र प्रभावकारी बनाउन भूमिका खेल्ने ।

(१८) उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न तथा असल श्रम सम्बन्ध स्थापित गर्न प्रयत्नशील रहने ।

(१९) सार्वजनिक प्रशासनको अनुसन्धान र विकासका निम्ति काम गर्ने । अनुसन्धानात्मक लेख, सङ्ग्रह, बुलेटिन, मुखपत्र तथा विभिन्न रचनाहरू प्रकाशन, प्रशारण गर्ने ।

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

+977 01 4525525, 4527602, 4535574 / Fax : 977 01 4435574