विश्वनाथ प्याकुरेल

पेसागत ऐक्यवद्धता मञ्च (Forum for Professionals Solidarity) हुँदै २०५२ जेठ ६ गते स्थापना भएको पेसागत महासङ्घ नेपाल (Confederation of Nepalese Professionals-CONEP)  विगत २३ वर्ष देखि मुलुक भित्र क्रियाशिल पेसागत सङ्गठनहरुलाई एउटै छातामा आवद्ध गर्दै पेसाकर्मीहरुका सरोकारका विषयहरु उठाउँदै सामुहिक रुपमा समस्या समाधानका निम्ति प्रयत्नशील हुँदै आएको छ । पेसागत सुरक्षा, समान अवसर, सम्वृद्ध जीवन, सुनिश्चित भविश्य र समाजवादको धेय प्राप्तिका लागि आम श्रमिक पेसाकर्मीहरुको ट्रेड युनियन केन्द्रको रुपमा २०६५ श्रावणदेखि ट्रेड युनियन महासङ्घको रुपमा दर्ता भई क्रियाशिल रहँदै आएको छ । २०६२/६३ को जनक्रान्ती र त्यसको परिणाम स्वरुप राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रीक गणतन्त्रलाई संस्थागत र सुदृढीकरण गर्न र ट्रेड युनियन अधिकारको उपयोग गर्दै राष्ट्र निर्माणमा सङ्गठित तवरले योगदान पु¥याउन, सामाजिक न्याय, लोकतन्त्र, मानव अधिकार एवं राजनीतिक अधिकार सहितको ट्रेड युनियन अधिकारको संवैधानिक सुनिश्चितताको लागि महासङ्घ क्रियाशिल रहँदै आएको छ ।

सशक्त र संघर्षशिल तथा वर्ग आधारित प्रगतिशिल ट्रेड युनियन केन्द्रको रुपमा क्रियाशिल पेसागत महासङ्घ नेपालको २०७३ असारमा काठमाडौँमा सम्पन्न छैठौँ राष्ट्रिय महाधिवेशनले “स्वाधिन अर्थतन्त्र र सम्वृद्ध जीवनका लागि गुणस्तरीय सेवा र जिम्मेवार ट्रेड युनियन” को नारा अगाडी सारेको सन्दर्भमा परिवर्तित परिस्थितिमा गुणस्तरीय सेवा प्रदान गर्दै जिम्मेवार ट्रेड युनियनको भूमिकाको लागि अगुवाई गर्ने संकल्प गरेको छ । २५ वटा राष्ट्रिय सङ्घहरु आवद्ध रहेको यस महासङ्घले विगत २३ वर्ष देखि को ट्रेड युनियन आन्दोलनको समग्र समिक्षा गर्दै प्राप्त उपलव्धिको रक्षा र आगामी दिनमा ट्रेड युनियन गतिविधिलाई मर्यादित र व्यवस्थित गर्ने र  वैचारीक रुपमा प्रशिक्षित तथा राष्ट्र निर्माणप्रति प्रतिवद्ध ट्रेड युनियनकर्मी निर्माण गर्दै अगाडी वढ्ने प्रतिवद्धता जनाएको छ

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

ट्रेड युनियन महासङ्घहरुको एकता संयोजन समिति

समृद्धि, सामाजिक न्याय र समाजवादका लागि साझा प्रतिवद्धता

प्रेस विज्ञप्ती २०७४।७।११

पेसागत महासङ्घ नेपाल सिन्धुपाल्चोक जिल्ला समितिद्वारा आयोजित वधाई कार्यक्रम

पेसागत महासङ्घ वाट श्रमिक वर्गको १० प्रतिशत प्रतिनिधित्वको माग




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

977 01 4427602, 4425525 / Fax : 977 01 4435574