प्रेस विज्ञप्ती २०७४।७।११
मिति २०७४ कार्तिक १० गते सप्तरीको राजविराज वाट काठमाडौँ आउँदै गरेको ना ६ ख १४६७ नम्वरको वस पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाको गजुरी (वाङ्गेमोड) स्स्थित त्रिसुली नदीमा भएको दुर्घटना प्रति पेसागत महासङ्घ नेपाल गहिरो दुःख व्यक्त गर्दछ । यस दुर्घटनामा परि ज्यान गुमाउनु हुने सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दैै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।
आगामी दिनमा यस्ता किसिमका दुर्घटनाहरु हुन नदिन सार्वजनिक यातायात सेवालाई भरपर्दो, सुरक्षित र व्यवस्थित ढंगले सञ्चालनको लागि समेत नेपाल सरकार समक्ष जोडदार माग गर्दछौँ ।