स्थायी समिति
पेसागत महासंघ नेपालको विधानको धारा ९ को (२) मा भएको व्यवस्थाअनुसार महासंघका पदाधिकारी सम्मिलित एक स्थायी समिति गठन हुने व्यवस्था छ ।
राष्ट्रिय समितिको बैठक नबसेका बखत राष्ट्रिय समितिले गर्ने सबै काम स्थायी समितिले गर्नेछ । स्थायी समिति अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू, सचिवहरू, कोषाध्यक्ष र सहकोषाध्यक्ष समेत रहेको बढीमा २१ जनाको हुनेछ । सभामुख, लेखा समितिका संयोजक, केन्द्रीय सल्लाहकार समिति र कोनेप नीति अनुसन्धान आयोगका प्रमुखलाई स्थायी समितिको बैठकमा आमन्त्रण गरिनेछ । आवद्ध घटकका अध्यक्षहरू र प्रदेश समितिका अध्यक्षहरुलाई आवश्यकता अनुसार स्थायी समितिको बैठकमा आमन्त्रण गर्न सकिने छ । स्थायी समितिको बैठक आवश्यकता अनुसार बस्नेछ । बैठक कम्तीमा महिनाको एक पटक बस्नु पर्नेछ ।