मिति २०७३ भाद्र २५ र २६ गते काठमाडौंमा सम्पन्न पेसागत महासङ्घ नेपाल राष्ट्रिय समितिको दोश्रो पूर्ण वैठकबाट महासंंघको कार्यसम्पादनका निमित्त निम्न विभागहरु गठन भएका छन् । उक्त विभागहरु यस प्रकार छन् । बिभागहरु
पेसागत महासंघ नेपालको विधानको धारा ९ को (३) मा भएको व्यवस्थाअनुसार सचिवालय गठन हुनेछ । राष्ट्रिय समिति र स्थायी समितिले गरेका निर्णयको कार्यान्वयन गर्न, गराउन महासचिवको नेतृत्वमा उपमहासचिवहरू, सचिवहरू, कोषाध्यक्ष र सहकोषाध्यक्ष सदस्य रहेको सचिवालयको गठन हुनेछ । सचिवालयको बैठक आवश्यकता अनुसार बस्नेछ । सचिवालयको बैठकमा अध्यक्षको उपस्थिति रहनेछ । सचिवालय
पेसागत महासंघ नेपालको विधानको धारा ९ को (२) मा भएको व्यवस्थाअनुसार महासंघका पदाधिकारी सम्मिलित एक स्थायी समिति गठन हुने व्यवस्था छ । राष्ट्रिय समितिको बैठक नबसेका बखत राष्ट्रिय समितिले गर्ने सबै काम स्थायी समितिले गर्नेछ । स्थायी समिति अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू, सचिवहरू, कोषाध्यक्ष र सहकोषाध्यक्ष समेत रहेको बढीमा २१ जनाको हुनेछ । […]
पेसागत महासंघ नेपालको मिति २०७३ असार ३–५ मा सम्पन्न छैठौं महाधिशनबाट विश्वनाथ प्याकुरेलको अध्यक्षतामा ६९ सदस्यीय राष्ट्रिय समिति निर्वाचित भएको छ । राष्ट्रिय समितिका पदाधिकारी तथा सदस्यहरु यस प्रकार छन् ः राष्ट्रिय समिति पदाधिकारी तथा सदस्यको नामावली
मुलुकमा २०६२÷६३ को शान्तिपूर्ण जनक्रान्तिबाट पुँजीवादी क्रान्ति सम्पन्न भएर समाजवादको बाटोमा अगाडि बढनु पर्ने ऐतिहासिक मोडमा मुलुक आइपुगेको छ । राष्ट्रियता, जनवाद र जनजीविकाका लागि सामन्तवाद विरुद्ध वामपन्थी शक्तिले अनवरत नेतृत्व र सङ्घर्ष गर्दै आएकोलाई पुँजीवादी क्रान्तिको सफलतासँगै नेपाली जनताले निर्वाचनका माध्यमबाट वामपन्थीहरूलाई दुई तिहाइको जनादेशका साथ सरकारको नेतृत्व गर्ने अवसर प्रदान गरेका थिए । […]
२००७ साल माघ ४ गतेबाट सङ्गठित रूपमा सुरु भएको पेसागत आन्दोलनको इतिहासलाई निरन्तरता दिंदै, २०४६ सालको ऐतिहासिक जन आन्दोलनबाट प्राप्त सङ्गठन स्वतन्त्रताको पूर्ण उपयोग गदैर्, पेसागत क्षेत्रमा भिन्न भिन्न कार्यक्षेत्र र चरित्रका राष्ट्रिय स्वरूपका टे«ड युनियन÷पेसागत सङ्घ÷सङ्गठनहरू बिच आपसी समन्वय, सहयोग र ऐक्यबद्धता प्रकट गर्न, श्रमिक÷पेसाकर्मीका साझा सरोकारका विषयमा सामूहिक ढङ्गले अगाडि बढ्न र एकीकृत […]
(१) श्रमिक÷पेसाकर्मीहरूको दक्षता वृद्धि तथा आर्थिक, सामाजिक र बौद्धिक समुन्नतिका लागि उनीहरूको सेवा सर्त तथा कार्य अवस्थामा सुधार ल्याउन राष्ट्रिय रूपमा प्रयत्नशील रहने । (२) श्रमिक÷पेसाकर्मी र व्यवस्थापन तथा सरकार बिच सुसम्बन्ध राख्न प्रयत्न गर्ने । (३) विभिन्न क्षेत्रका पेशागत सङ्गठन÷ट्रेड युनियन बिच आपसी सुमधुर सम्बन्ध बढाउँदै उनीहरूलाई देश विकासमा सङ्गठित तबरले क्रियाशील गराउन प्रयत्नशील […]
(क) यो महासङ्घ समानता, सामाजिक न्याय, लोकतन्त्र, विश्व शान्ति र मानव आधिकारका आदर्शलाई सदैव आफ्नो मार्ग निर्देशक सिद्धान्तका रुपमा स्वीकार गर्दछ । (ख) घटकहरु यस विधानको अधीनमा रही आआफ्नो स्थानमा स्वतन्त्र रहनेछन् र कसैको आन्तरिक मामिलामा हस्तक्षेप गरिने छैन । यस विधानसंँग बाझिने घटकका विधानहरु बाझिएको हदसम्म अमान्य हुनेछन् । (ग) यस महासङ्घको सञ्चालन लोकतान्त्रिक […]