विज्ञप्ती – मितिः २०७३।१२।१६

मितिः २०७३।१२।१६

मुलुकको तर्फवाट जनतालाई प्रदान गरिने सेवालाई सहज, सरल र पारदर्शी वनाउंदै सार्वजनिक क्षेत्रमा कार्यरत लाखौं पेशाकर्मीहरुको हक अधिकारको संरक्षण र सम्बर्धनका लागि पेशागत महासंघ नेपाल क्रियासिल रहंदै आएको छ ।
विद्यमान कतिपय ऐनमा भएका प्रावधानहरुले पेशाकर्मीहरुलाई आफ्नो हक अधिकार र वृत्ति विकाशवाट वञ्चित गराइरहेको सन्दर्भमा ऐनमा रहेका यस्ता प्रावधानहरु संसोधनका लागि महासंघले वारम्वार आवाज उठाउंदै आएको छ । स्वास्थ क्षेत्रमा कार्यरत पेशाकर्मीहरुको वृत्ति विकाशलाई सहज वनाउने गरी स्वास्थ सेवा ऐन संसोधन भएको दुई बर्ष व्यतित भएको छ । तर उक्त संसोधनमा भएको व्यवस्था अनुरुप स्वास्थकर्मीहरुको वृत्ति विकाशको प्रावधानलाई कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालय उदासिन देखिएको छ । ऐनको दफा ९ (ख) मा भएको व्यवस्था कार्यान्वयनको लागि यस महासंघ आवद्ध घटक राष्ट्रिय स्वास्थकर्मी संघ नेपाल लगायतका ट्रेड युनियनहरुको नेतृत्वमा सिंगो स्वास्थ्य क्षेत्र आन्दोलित भएको छ । ऐनमा भएको व्यवस्था कार्यान्वयनको माग राखी ट्रेड युनियनहरुले संचालन गरेको आन्दोलन जायज रहेकोले उक्त आनदोलन प्रति महासंघ पूर्णरुपमा ऐक्यवद्धता प्रकट गर्दछ । ट्रेड युनियनहरुको जायज मागको सम्वोधन गर्नुको सट्टा स्वास्थ्य मन्त्रालय आन्दोलनरत पेशाकर्मीहरुलाई निलम्वन गरी कारवाही गर्ने प्रक्रियामा गएको छ । जायज माग प्रश्तुत गर्न र समयमा माग सम्वोधन नहुंदा शान्तिपूर्ण दवावमुलक कार्यक्रम संचालन गर्न ट्रेड युनियनको मूल्य मान्यता र ऐनले दिएको अधिकारको उपयोग गर्दा पेशाकर्मीहरु माथि हुने कुनैपनि प्रकारको कारवाही प्रति महासंघ सहमत हुन सक्दैन । यस प्रकारको व्यवहारवाट समस्याको समाधान पनि हुन सक्दैन । त्यसैले २०७३ फाल्गुण २० गतेको सचिवस्तरीय निर्णयवाट निलम्वित १८ जना स्वास्थकर्मीहरुको निलम्वन यथाशीघ्र फुकुवा गरी ट्रेड युनियनहरुले अघि सारेका मागका सम्बन्धमा सम्बन्धित ट्रेड युनियनहरुसंग वार्ता गरी सम्वोधन गर्न नेपाल सरकार स्वास्थ मन्त्रालय लगायत सम्बन्धित पक्षसंग महासंङ्घ जोडदार आग्रह गर्दछ ।

विष्णु लामिछाने
महासचिव

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

+977 01 4525525, 4527602, 4535574 / Fax : 977 01 4435574