पेसागत महासङ्घ वाट श्रमिक वर्गको १० प्रतिशत प्रतिनिधित्वको माग
मुलुकमा सङ्घीय राज्य प्रणाली अन्तर्गत समावेशी लोकतन्त्रलाई अत्मसात् गरिएको छ । यसै सन्दर्भमा सार्वभौम जनताको प्रतिनिधि संस्थाको रुपमा रहने सङ्घ र प्रदेशको संसदमा समानुपातिक तवरले सवै वर्ग, तह र समुदायको प्रतिनिधित्व हुने गरी संविधानमा नै व्यवस्था भयो तर श्रमिक वर्गको प्रतिनिधित्वका वारेमा व्यवस्था हुन सकेन ।
हाम्रो पार्टीको ८ औँ केन्द्रीय कमिटीको २२ औँ वैठक र नवौँ राष्ट्रिय महाधिवेशनवाट श्रमिक वर्गको १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव पारित भएको छ तर यो प्रतिनिधित्वको संख्या १० प्रतिशत पुग्न सकेको छैन । अतः आगामी प्रदेश र सङ्घको निर्वाचनमा श्रमिक वर्गको तर्फवाट दुवै तहको निर्वाचनमा १०÷१० प्रतिशत संख्यामा पुग्नेगरी श्रमिक क्षेत्रवाट उम्मेद्वार खडा गर्ने व्यवस्थाका लागि हार्दिक अनुरोध छ ।