पेसागत महासंघको चौथो पूर्ण बैठक

काठमाडौं । (भाद्र २८), पेसागत महासंघ नेपाल राष्ट्रिय समितिको चौथो पूर्ण बैठक २०७४ साउन २८ गतेबाट प्रारम्भ भएको छ । साउन २८–२९ गते चल्ने उक्त बैठकमा महासंघका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।सांगठनिक प्रतिवेदन, २०७४।७५ को वार्षिक कार्ययोजना प्रस्तुत, आर्थिक प्रतिवेदन तथा आगामी बजेट, लेखा परीक्षण प्रतिवेदन, घटक तथा प्रदेश तथा जिल्लागत रिपोर्टिङ, घरजग्गा विशेष अभियान, सांगठनिक सुदृढीकरण अभियान, स्थानीय तहको निर्वाचन, सदस्यता शुल्क, उपहार कार्यक्रमको समिक्षा आदि छलफलका विषयहरु तय गरी प्रारम्भ भएको बैठकको अध्यक्षता महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेलले गर्नुभएको थियो ।

आज प्रारम्भ भएको बैठकमा महासंघका महासचिव विष्णु लामिछानेले महासचिवको प्रतिवेदन तथा आगामी नीति तथा कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष श्याम पाण्डेद्वारा २०७३।७४ को आर्थिक प्रतिवेदन तथा २०७४।७५ को वार्षिक बजेट प्रस्तुत भएको थियो । प्रतिवेदनहरु प्रस्तुत भइसकेपछि सदस्यहरुद्वारा प्रतिवेदमाथि छलफल तथा प्रतिक्रिया प्रारम्भ भएको थियो । बैठक भोलिसम्म चल्ने महासंघले बताएको छ ।

 

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

ट्रेड युनियन महासङ्घहरुको एकता संयोजन समिति

समृद्धि, सामाजिक न्याय र समाजवादका लागि साझा प्रतिवद्धता

प्रेस विज्ञप्ती २०७४।७।११

पेसागत महासङ्घ नेपाल सिन्धुपाल्चोक जिल्ला समितिद्वारा आयोजित वधाई कार्यक्रम

पेसागत महासङ्घ वाट श्रमिक वर्गको १० प्रतिशत प्रतिनिधित्वको माग




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

977 01 4427602, 4425525 / Fax : 977 01 4435574