लाँकुरीभञ्ज्याङ्गदेखि मङ्गलबजारसम्मको एक महिने स्वयंसेवक अभियान एक अनुभूति

शिवकुमार अधिकारी
प्रमुख
कोनेप नीति अनुसन्धान आयोग

गएको वर्ष २०७२ बैशाख १२ मा नेपालमा गएको विनासकारी भूकम्प र त्यसपछि लगातारका पराकम्पनले विशेषगरी गोरखादेखि ओखलढुङ्गा सम्मका १७ जिल्लामा विनास लिला मच्चायो । ९००० भन्दा बढीको मृत्यु, हज्जारौँ घाइते अपाङ्ग हुनुका साथै सरकारी कार्यालय, सांस्कृतिक ऐतिहासिक सम्पदाहरू, शिक्षण संस्थाहरू र व्यक्तिका घरहरू ध्वस्त भए । यस विनासकारी प्राकृतिक विपत्तीमा लाखौं व्यक्ति घरवारविहिन भए । राष्ट्रले खरबौँको क्षति व्यहोर्नु प¥यो । अहिलेपनि पीडित जनता अस्थायी टहरा र पालमुनी बस्न र बालबालिका खुल्ला आकासमा पठन पाठन गर्न बाध्य छन् । यस विपत्तीले धनी गरिव पनि केही भनेन । यस्तो त्रासदीपूर्ण विपत्तीमा मान्छेले बाँच्न सफल हुनुलाई नै ठूलो कुरा ठानेको थियो । क्षण क्षणमा आर्ई रहने पराकम्पनहरूले मानिसलाई फेरी त्यस्तै भूकम्प आइहाल्ने हो की भन्ने त्रासले सताउन छाडेको छैन । भूकम्पमा परी मरेर जानेहरू त गइहाले, घाइते अपांग भएका, आफन्त र घरवार सम्पत्ति गुमाएकाहरूको घाउ त अहिले पनि दुखिरहेकै छ । कमजोर अर्थतन्त्र र अव्यवस्थाको हुण्डरीभित्र रुमल्लिएको राज्य संयन्त्रको अयोग्यता, स्वार्थी एवं दाउपेचपूर्ण राजनीति र अकर्मण्यताभित्र पिडितहरू तड्पिरहेका छन् । पिडितका नाममा अर्थोपार्जन गर्नेहरूको खेती पनि चलिरहेकै छ । तर मुलुक भूकम्पपूर्व कै अवस्थामा फर्कन अझै लामो समय लाग्ने अवस्था छ ।
जीवनभर भुल्न नसकिने त्यो विनासकारी भूकम्पबाट तुलनात्मक रुपमा कम प्रभावित भएका र ठूलो क्षति व्यहोर्न नपरेका हामीजस्ताहरू भूकम्प पिडितहरूको पिडामा थोरै भएपनि मल्हम लगाउने प्रयत्नमा थियौं । कोनेपले भूकम्प लगत्तैबाट तत्काल उद्धार र राहतको लागि परिचालित हुन सबै घटक र सदस्यहरूलाई आव्हान गरेको थियो । एक महिनाजतिको प्रारम्भिक उद्धार र राहतको काममा परिचालित हुने क्रममा घाइतेहरूको प्राथमिक उपचारका लागि स्वस्थ्य सिविर सञ्चालन, राहत सहयोग संकलन, बालबालिकाहरूलाई मनोचिकित्सा परामर्स, भूकम्प प्रभावित संरचनाहरूको प्राविधिक परीक्षण जस्ता कामहरू सञ्चालन गरियो । यसैबीचमा नेकपा एमालेले भूकम्प अतिप्रभावित जिल्लाहरूमा १ महिने राष्ट्रिय स्वयंसेवक परिचालन अभियान सञ्चालन गर्ने घोषणा ग¥यो । त्यसप्रति ऐक्यवद्धता जनाउँदै कोनेपले पनि ललितपुर जिल्लाको क्षेत्र नं. २ र ३ मा दैनिक न्युनतम २००÷२०० जनाका दरले १ महिनासम्म स्वयंसेवक परिचालन गर्ने निर्णय ग¥यो । त्यसक्रममा यो लेखकलाई ललितपुर क्षेत्र नं. २ को लागि स्वयंसेवक टिमको नेतृत्वगर्ने जिम्मेवारी प्राप्त भयो । प्राप्त जिम्मेवारी बमोजिम अनवरत रुपमा २०७२ जेष्ठ १० गतेदेखि आषाढ ८ गतेसम्म एक महिनाको अवधि ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं. २ अन्तर्गतका सुदुर बस्ती लाँकुरीभञ्ज्याङ्ग देखि पाटन मंगलबजार सम्मका गाउँ, वस्ती र टोलहरूमा स्वयंसेवकका रुपमा पिडित जनतासँग साक्षात्कार गरी थोरै भएपनि पिडामा मल्हम लगाउने काम गरियो । इतिहासमा विरलै हुने यस्ता दुखद घटनाहरू र मानव सेवाको यस पवित्र अभियानमा भएका काम र अनुभूतिहरू संक्षिप्त रुपमा यहाँ समेट्ने प्रयास गरिएको छ ।

अविश्मरणीय अभियान
स्वयंसेवक टिमको नेतृत्व गर्नुपर्ने जिम्मेवारी तोकिएपछि सुरुमा त निकै चिन्ताले सतायो । दैनिक कम्तीमा २०० जनाको टिम बनाउनुपर्ने, साथीभाईहरू टिक्ने हुन् की होइनन, आफू खट्न सकिने हो की होइन भन्ने संसय थियो । दिइएको जिम्मेवारी पूरा गर्न सकिएन भने त्यो व्यक्ति स्वयँको मात्र नभएर संस्थाकै इज्जतको सँगसँगै थियो । आँटेपछि सकिन्छ भन्ने हिम्मतका साथ अघि बढ्यौं । एक महिनासम्म निरन्तर रुपमा फिल्डमा गएर आइपर्ने जुनसुकै खालका कामहरू गर्नेगरी स्वयंसेवकको रुपमा खट्ने भन्ने कुरा कम चुनौतीपूर्ण थिएन । जतिवेला पराकम्पले जमिन हल्लाउँदै थियो, त्यतिवेला हामीले ज्यानको मायाँ मारेर निस्वार्थ रुपमा जनसेवामा खट्ने प्रतिवद्धता ग¥यौं । त्यसमाथि पनि सारिरिक श्रम लामो समयदेखि खासै नगरेका, सुकिला मुकिला र सुविधाभोगीमा गणना गरिने हामी पेसाकर्मीहरूले गैंची, वेल्चा, सावेल र डोरी बोकेर धरापहरू छिचोल्नु थियो । धुलो मैलोसँग खेल्दै गह्ुंगा भारी उचाल्नु थियो, त्यहाँ कुनै नाचगान र मनोरञ्जन पनि थिएन । थियो त केवल सामुहिक भावना, निस्वार्थ मानवीय प्रेम, दुख र पिडामा साथ । त्यो गौरवशाली एक महिना वास्तवमा कसरी बित्यो केही पत्तै भएन । यस अभियानमा यस अघि कहिल्यै नदेखेका, सीप र क्षमताको अनुमान नगरिएका कैयौं साथीहरूले अकल्पनीय ऊर्जा र साहस प्रदर्शन गरे जुन कहिल्यै भुल्न सकिन्न । हाम्रो अभियानमा चाँगाथलीमा सामेल भएका सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङ्गेले हाम्रो अभियानबाट प्रभावित भएर नेपाल पत्रिकामा व्यंगात्मक लेख नै प्रकाशित गरेका छन् । यस अभियानमा स्वयंसेवकको रुपमा खटेका साथीहरूको भावना, धैर्यता र क्षमताको व्यवहारिक परिक्षण समेत भयो । अत्यन्तै जोखिमपूर्ण काम गर्दा कैयौं साथीहरू घाईते पनि हुनुभयो,अभियानमा लाग्ने क्रममा स्वयंसेवकहरू सरोज गिरी, डिल्ली लम्साल, नारायण सुवेदी र रमा प्रसाई गम्भीर घाइते भएको र अन्य कैयौं स्वयंसेवकहरूलाई चोटपटक लाग्यो । कतिपयलाई फिल्डकै हेल्थ डेष्कमा सामान्य उपचार गरियो भने कतिपय साथीलाई हस्पिटल समेत पु¥याउनु प¥यो । अरुवेला सानासाना कुरामा गुनासो गर्ने साथीहरू यस अभियानमा कसैको पनि कुनै कुराको गुनासो रहेन । त्यहाँ कोही ठूलो र सानो भन्ने थिएन, सबै एकसाथ टिममा बाँडिएर समान रुपमा तोकिएको काममा खटिरहेको हुन्थ्यो । दिइएको निर्देशनको कसैले उल्लँघन गर्दैनथ्यो । देशमाथि आइपरेको विपत्तीमा कमसेकम थोरै भएपनि योगदान गर्न पाएको गौरवानुभूति सबैले गरेको अनुभूत हुन्थ्यो । महिला स्वयंसेवकहरूको त कुरै नगरौं, जो यस अभियानमा सामेल हुनुभयो उहाँहरू अकल्पनीय उर्जाका साथ असंभव ठानिने ५ तल्लाभन्दा अग्ला घरहरूको धुरी धुरीमा धराप भत्काउने काम, गल, गैंचीले खाल्डा खन्ने, डोरी तान्ने, गहुँगा सामान बोक्ने कामको नेतृत्व गरेको यत्रतत्र देख्न सकिन्थ्यो ।
हरेक दिन बिहान १० बजेसम्ममा निर्धारित स्थानमा जम्मा हुने र सामुहिक रुपमा “गाउँ गाउँ बाट उठ” वोलको जागरण गीतगाएर त्यो दिनको स्वयँसेवक अभियान प्रारम्भ हुन्थ्यो । त्यसपछि रोलकल सहित टोली विभाजन र आवश्यक निर्देशन सहित टोली नेताको कमाण्डमा हेल्मेट, पञ्जा र माष्क लगाएर फिल्डमा स्वयंसेवक टोली परिचालन गरिन्थ्यो । पिडित जनताको आत्मिय मायाँ र सद्भावबीच हामी आवश्यकता अनुसार धराप घरभित्र फसेका भाँडाकुँडा, लत्ताकपडा, अन्नपात सुरक्षित साथ निकाल्ने, धराप संरचना भत्काउने र अवस्थाअनुसार अस्थायी टहरा निर्माण गर्ने काम गर्दथ्यौं । जनताले अवस्था अनुसार चिया, चिसो, पानी, दही, मही र कतिपयले खाजा सहित हामीलाई सम्मान गर्दथे । के गर्ने, के नगर्ने को अन्योलता, भय, पिडा र त्रासमा किंकर्तव्यमुढ भई आफ्नो घर टोलमा समेत छिर्न नसकी सिविरमा बसेका जनताहरू हाम्रो अभियान संगै आफ्नो घरमा पहिलो पटक छिरेको पनि भेटियो । यस्ता कैयौं अविस्मरणीय क्षणहरू छन् ती सबैको यहाँ व्याख्या गर्दा लामो हुन सक्दछ ।
दिउसो २ बजेतिर सामुहिक खाजा खाने वन्दोवस्त स्थानीय साथीहरूको संयोजनमा गरिन्थ्यो । जे व्यवस्था छ त्यही, त्यहाँ मिठो, नमिठो, पुग नपुग कसैको कुनै गुनासो हुँदैनथ्यो, त्यो स्वनियम जस्तै बनेको थियो, कसैले निर्देशित गरेको थिएन । दिन वित्दै जाँदा एक आपसमा स्वस्फूर्त रुपमा खाजा प्रायोजन गर्ने होडवाजी नै चल्न थाल्यो, जुन अविष्मरणीय छ । बेलुका ६ बजेतिर काम सकेर सबै स्वयँसेवक एकै ठाउँमा जम्मा हुने र दिनभरीको कामको रिपोर्टिंग र समीक्षा सहित अर्को दिनको कार्ययोजना बारे जानकारी गराइन्थ्यो र सो दिनको हाजिरी उठाइन्थ्यो । निस्वार्थ स्वयँसेवाको काम हुनाले कसैले ठग्ने, ढाट्ने वा काम चोर्ने संभावना सुन्यप्रायः नै थियो ।
अभियानको सुरुदेखि अन्त्यसम्म अभियानस्थलमा प्राथमिक उपचारको लागि नुपानद्वारा हेल्थ डेष्क सञ्चालन गरियो । नियमित रुपमा स्वास्थ्य स्वयंसेवकहरूले प्राथमिक उपचार सेवा उपलब्ध गराए । स्वयँसेवक टोलीले अभियान आरम्भ गर्दा स्थानीय जनताबाट रुचीपूर्वक कामको अवलोन गरियो । अभियान अघि बढ्दै जाँदा स्थानीय जनताको सहभागिता पनि थपिँदै गयो । कतिपय ठाउँमा भूकम्प पछि टोलभित्र प्रवेश गर्न नसकेका स्थानीयवासीहरू स्वयँसेवकहरू सँगै आफ्ना धराप घरहरूमा प्रवेश गर्न थाले र स्वयँसेवकहरू सँगै धराप हटाउने, सामान सुरक्षित गर्ने र अस्थायी टहरा निर्माणमा संगसंगै काम गर्ने गरेका थिए । कतिपय स्थानमा पिडित जनताले स्वयँसेवकहरूलाई काम गरे वापत पैसा दिने प्रस्ताव समेत गरियो । घरमा पुरिएका नगद, गरगहना, र कागजपत्रहरू उत्खनन गरी सम्बन्धित पिडितलाई बुझाउँदा भावविव्हल हुने अवस्था समेत देखियो । दुखको वेला यसरी निस्वार्थ रुपमा स्वयँसेवा गर्न अरु कोही नआएको तर एमाले र कोनेपका स्वयँसेवकहरूले वास्तविक दुख बुझेर आएको भन्नेजस्ता प्रतिकृयाहरू जनताबाट प्राप्त भए । शारिरीक श्रम कमै मात्र गर्ने पेसागत क्षेत्रका स्वयंसेवकहरूले जोखिम मोलेर काम गरेको देख्दा स्थानीय जनताहरू कृतज्ञता व्यक्त गरेको पाइन्थ्यो । जनताबाट स्वयँसेवकहरूलाई तालिम प्राप्त प्राविधिकको रुपमा लिएको पनि पाइयो । अभियानको क्रममा स्थानीय रुपमा कहिँकतै पनि कुनै प्रकारको अवरोध र वादविवाद भएन । जनताले हाम्रो अभियानलाई सहज रुपमा ग्रहण गरेको पाईयो । विद्यालयका शिक्षक विद्यार्थीहरूबाट पेसाकर्मीहरूले यसरी स्वयँसेवा गरेर नौलो उदाहरण प्रस्तुत गरेको प्रतिकृया समेत व्यक्त भएको थियो । यी अनुभूतिहरू अविष्मरणीय रहेका छन् ।

नेतृत्व विन्यास र पार्टी नेताहरूको सहभागिता
अभियानको नेतृत्व निर्देशकको रुपमा माधव पौडेलले गर्नुभएको थियो । जो आफैमा ऐतिहासिक व्यक्तित्व हुनुहुन्छ । ललितपुरको ढुङ्गा माटोसँग समेत परिचित माधव पौडेल जसले १० वर्षसम्म ललितपुर जिविस सभापतीको रुपमा जनताको नेतृत्व समेत गरिसक्नुभएको छ । ऐतिहासिक नख्खुजेल बिद्रोह गरेको र लामो समयदेखि पार्टीको बिभिन्न तहको नेतृत्व गर्दै हाल केन्द्रीय निर्वाचन आयोगको सचिवको जिम्मेवारीमा रहनुभएका माधव पौडेलको नेतृत्वमा काम गर्न हामीलाई कुनै अप्ठ्यारो भएन । त्यसैगरी, राजनीतिक कमिसारको रुपमा ललितपुरका सुपरिचित नेता, पूर्वसांसद कृष्णलाल महर्जन हाम्रो साथमा हुनुहुन्थ्यो । उहाँले हामीलाई कुनै कुराको कमी हुन दिनुभएन । कोनेपकोे केन्द्रीय स्वयँसेवक टिमको नेतृत्व म आफैंले गरेको थिएं भने भुगोलका स्वयंसेवकहरू परिचालनको नेतृत्व ललितपुर क्षेत्र नं.२ का अध्यक्ष प्रेम महर्जनले गर्नुभएको थियो । अभियान अवधीभर उहाँहरूले कहिल्यै हाम्रो साथ छाड्नु भएन र सफल नेतृत्व प्रदान गर्नुभयो ।
यस अभियानमा पार्टीका शीर्ष नेताहरूको महत्वपूर्ण साथ र सहयोग रह्यो । जेष्ठ २७ गते सिद्धिपुरमा पार्टी अध्यक्ष के.पी. शर्मा ओली स्वास्थ्य चौकी उद्घाटनको कार्यक्रम सहित सहभागी हुनुभएको थियो । जेष्ठ २१ गते वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल श्रम सिविर र पत्रकार सम्मेलनमा सहभागी हुनुभयो । त्यसैगरी, जेष्ठ ३१ गते पाटन कृष्णमन्दिर क्षेत्रमा आयोजित सरसफाई कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, उप महासचिव विष्णु पौडेल, पोलिटव्युरो सदस्यहरू रघुजी पन्त र नागेन्द्र चौधरी सहित केन्द्रीय सदस्य कमरेडहरूको सहभागिता रहेको थियो । जेठ १९ गते लुभुमा निर्मित वेष्ट विङ्ग माध्यमिक विद्यालयको ८ कोठे अस्थायी भवन स्वयंसेवक परिचालन अभियानका संयोजक पार्टीका सचिव गोकर्ण विष्टद्वारा हस्तान्तरण भयो । जेठ ३२ गते लांकुरीभञ्ज्याङ्गमा निर्माण गरिएका कालिदेवी माध्यमिक विद्यालय र बासुकी माध्यमिक विद्यालयका ४÷४ कोठाका अस्थायी भवनहरू ललितपुरका अनुगमनकर्ता एवं पार्टीका उप–महासचिव विष्णु पौडेलद्वारा हस्तान्तरण गरियो । पोलिटव्युरो सदस्य नागेन्द्र चौधरी स्वयंसेवककै रुपमा १० दिनभन्दा बढी अभियानमा संलग्न हुनुभएको थियो । सामान्य प्रशासन मन्त्री लालवावु पण्डित जेष्ठ १४ गते श्रमसिविरमा सहभागी हुनुभयो । महासङ्घका अध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य विश्वनाथ प्याकुरेल र ललितपुर जिल्ला कमिटीका अध्यक्ष हरिकृष्ण व्यञ्जनकार अधिकांश दिन श्रम अभियानमा संलग्न हुनुभएको थियो ।

अभियानमा स्वयंसेवकहरूको परिचालन र भएका काम
यस अभियानमा पेसागत महासङ्घ नेपाल र आवद्ध घटकहरू सार्वजनिक संस्था कर्मचारी संगठन, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी सङ्घ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, उच्च माध्यमिक शिक्षक एसोसिएसन, नेपाल इञ्जिनियरिङ्ग पेसाकर्मी सङ्घ, राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ, नेपाल स्वास्थ्य प्राविधिक सङ्घ, नेपाल नर्सिङ्ग सङ्घ, नेपाल नर्सिङ्ग पेसाकर्मी सङ्घ, सेवा निवृत्त राष्ट्रसेवक सङ्घ र राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, कृषी विकास बैंक, डिप्रोक्स नेपाल, कर्मचारी संचय कोष, ग्रामिण विकास बैंक, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, दुग्ध विकास संस्थान, नेपाल वायुसेवा निगम, पशुपति क्षेत्र विकास कोष, सिटिइभिटी, उच्च माध्यमिक शिक्षा परिषद्, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, साल्ट ट्रेडिङ्ग लिमिटेड, नेपाल नागरिक उड्डयन प्राधिकरण लगायतका प्रतिष्ठानस्तरका युनियनका पदाधिकारी र सदस्यहरू अभियान अवधिभरमा कूल ५४८ जनाले स्वयँसेवकको रुपमा श्रमदान गरेको र पार्टीको ललितपुर क्षेत्र नं.२ का विभिन्न कमिटीमा आवद्ध कूल १८०जनाले स्वयँसेवकको रुपमा श्रमदान गरेका थिए । अभियान सफल पार्न स्वयँसेवकहरूको अतुलनीय योगदान रहेको थियो ।
स्थानीय पिडित जनताको माग र प्राथमिकताको आधारमा स्वयँसेवक टिमले भूकम्पबाट क्षतिग्रस्त भवनहरूबाट सुरक्षित साथ सामान झिकी, धराप संरचना भत्काउने र सफागर्ने, भत्केका विद्यालयहरूमा अस्थायी विद्यालय भवन निर्माण गर्ने, अस्थायी टहरा निर्माण गर्ने, एतिहासिक धार्मिक स्थल सरसफाई गर्नेजस्ता कार्य सम्पन्न भए । अभियान अवधिमा २६७ धराप घरहरूबाट सामानहरू सुरक्षित गराई धराप घरहरू भत्काउने, ३ वटा विद्यालयका अस्थायी भवन निर्माण गर्ने, १३ वटा अस्थायी घरहरू निर्माण गरी हस्तान्तरण गरियो । त्यसैगरी, मंगलबजारस्थित पाटन दरवार क्षेत्र, कृष्णमन्दिर र बंगलामुखी मन्दिरक्षेत्र सरसफाई कार्यक्रम सम्पन्न गरियो । भौतिक रुपमा तुलना गर्दा यस क्षेत्रमा २ करोडभन्दा बढीको जनश्रमदान गरिएको अनुमान छ ।

सहयोगी हातहरू
यस अभियानलाई सफल पार्न सहयोगी हातहरूको पनि कुनै कमी रहेन । पार्टी र विभिन्न व्यक्ति तथा सङ्घ संस्थाहरूबाट महत्वपूर्ण आर्थिक तथा भौतिक सरसहयोग प्राप्त भयो । यस क्रममा एअर केयर नेपालका अध्यक्ष डा. मिलन महर्जनद्वारा लुभुस्थित वेष्ट विङ्ग माध्यमिक विद्यालय तथा अस्थायी घर टहरा निर्माणको लागि ५० वण्डल जस्तापाता, राजेन्द्र व्यञ्जनकार (च्यासल)द्वारा लाँकुरीभञ्ज्याङ्गस्थित कालीदेवी माध्यमिक विद्यालय, बासुकी माध्यमिक विद्यालय र विश्वामित्र माध्यमिक विद्यालयको अस्थायी भवन निर्माणको लागि आवश्यक जस्तापाता, वाँस खरिद, स्वयंसेवकको यातायात खाना, खाजा वापत सहयोग,मिकेन महर्जन (बालकुमारी)द्वारा विद्यालयहरूलाई शैक्षिक सामग्री,मधुवन पौडेल (लामाटार) र सविन अधिकारी (कोटेश्वर)द्वारा घरको निर्माण सामाग्री उपलब्ध गराइयो । स्वयँसेवकहरूको खाजा खाना व्यवस्थापनको लागि पेसागत महासङ्घका उपाध्यक्ष गम्भिरलाल श्रेष्ठद्वारा रु.५,०००।–, सार्वजनिक संस्था कर्मचारी संगठन नेपालद्वारा रु.१०,०००।– बैंक बीमा तथा वित्तीय क्षेत्र कर्मचारी सङ्घ नेपालद्वारा रु.१०,०००।–, दुग्ध विकास सस्थान कर्मचारी सङ्घद्वारा रु.१५,०००।– बरावरको १ दिनको खाजा, संचयकोष कर्मचारी सङ्घद्वारा रु.१८,०००।– बरावरको १ दिनको खाजा, दुरसञ्चार कर्मचारी सङ्घद्वारा रु.१५,०००।– बरावरको १ दिनको खाजा र नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनद्वारा रु.१०,०००।– बराबरको खाजा खर्च सहयोग प्राप्त भयो । त्यसैगरी,हरी गोविन्द श्रेष्ठ(लुभु), हरी शंकर श्रेष्ठ(लुभु), बासु श्रेष्ठ (लुभु), राजु भट्टराई (इमाडोल), तारानन्द प्रधान (सानेपा), कृष्ण गोपाल श्रेष्ठ (लुभु), नकुल थापा (टिकाथली), रामेश्वर श्रेष्ठ (टिकाथली), रामेश्वर कार्की (टिकाथली), कृष्ण गोविन्द महर्जन (माइकल) (शिद्धिपुर), श्याम व्यञ्जनकार (च्यासल), अष्टवीर व्यञ्जनकार (च्यासल), इन्द्र कुमारी महर्जन, सरु महर्जन (बालकुमारी) र प्रेम महर्जन(गुइटोल) लगायतका स्थानीय साथीहरूबाट आर्थिक सहयोग प्राप्त भयो ।अभियानको क्रममा घाइते हुनुभएका स्वयंसेवक सरोज गिरी(सिटिइभिटी)को उपचार खर्च वापत पेसागत महासङ्घ नेपालबाट रु.१३,०००। र सिटीइभिटी युनियनबाट रु.३०००।०० उपलब्ध गराइयो । स्वयंसेवकहरूलाई कार्यस्थलसम्म ल्याउन र पु¥याउनको लागि कान्तिपुर इञ्जिनियरिङ्ग कलेजबाट ६ दिन,वेष्ट विङ्ग माध्यमिक विद्यालय लुभुबाट ३ दिन र माइलस्टोन कलेजबाट २ दिनसम्म निशुल्क रुपमा स्कूल बस उपलब्ध गराईएको र हरि गोविन्द श्रेष्ठले २ दिन बसको व्यवस्था गरी सहयोग गर्नुभयो ।
अभियानमा स्थानीय इन्द्र कुमारी महर्जन, मिकेन महर्जन, हरिगोविन्द श्रेष्ठ, वासु श्रेष्ठ, अष्टबहादुर नेमकुल, विनोद श्रेष्ठ, कुमारलाल श्रेष्ठ, राम सरण श्रेष्ठ, च्यासल युवा क्लव, श्याम व्यञ्जनकार, चतुर व्यञ्जनकार, प्रेम महर्जन, नकुल थापा, बद्रीलक्ष्मी महर्जन, आशामायाँ महर्जन, प्रल्हाद महर्जन,हिराकाजी अबाले, चिरीकाजी अबाले र रामेश्वर कार्की लगायतका साथीहरूले अहोरात्र खटेर स्वयंसेवकहरूका लागि खाजा, खाना व्यवस्थापन गर्नुभयो ।

अभियान डायरी
अभियानको पहिलो दिन २०७२ जेष्ठ १० गते काठमाडौंको भृकुटीमण्डपबाट स्वयंसेवक टोलीको औपचारिक विदाईपश्चात स्वयंसेवक टोली भूकम्प अति प्रभावित ललितपुर जिल्लाको क्षेत्र नं. २ अन्तर्गतको लामाटारतर्फ प्रस्थान ग¥यो । दिनको २ बजे झण्डै २०० जनाको स्वंसेवक टोलीले स्वयंसेवक अभियानको कार्य प्रारम्भ ग¥यो । नेकपा एमालेको तर्फबाट अनुगमनकर्ताको रुपमा खटाइएका पार्टी उप महासचिव विष्णु पौडेलले अििभयानको प्रारम्भ गर्नुभयो । पहिलो दिन लामाटारको ढुंगेनीचोकका पूर्ण वि.क.को धराप घरबाट सामानहरू सुरक्षित गरी धराप घर भत्काउनुका साथै बस्नका लागि अस्थायी टहरा निर्माण गरियो । त्यसैगरी सोही दिन कृष्ण वि.क., मंगल परियार र कुमाल वि.क. को धराप घर भत्काउने कार्य सम्पन्न गरियो ।
दोश्रो दिन जेठ ११ गते लामाटारको ढुंगेनी चोक र घिमिरेटोलमा स्वयंसेवक टोली परिचालन भयो । उक्त दिन कृष्ण वि.क. र विन्दा घिमिरेको अस्थायी घर निर्माण गर्नुका साथै कृष्णबहादुर वि.क.,पूर्ण वि.क., कान्छी वि.क.,कमला श्रेष्ठ, सानु के.सी.पौडेल, सुर्य कुमारी वि.क.,जानकी परियार, भगत परियार, सुदर्शन घिमिरे, सूर्यबहादुर पुर्कुटी र निर्मला घिमिरेका घरका सामानहरू सुरक्षित गरी धराप संरचना भत्काउने कार्य भयो ।
तेश्रो दिन जेठ १२ गते स्वंसेवकहरूले लामाटारको ढुंगेनीचोक, तेह्विसे टोल, ढिकसपाखा र घिमिरेटोलमा अभियान सञ्चालन गरे । त्यसक्रममा नारायण गौतम र श्रीराम पौडेलको अस्थायी घर निर्माण गर्नुका साथै सूूर्यबहादुर पौडेल के.सी, जानकी परियार, रमेश शार्की, गाइने नेपाली शार्की, कुमार नेपाली शार्की, मिना वयलकोटी, लक्ष्मण विशंखे, श्री प्रसाद गौतम,भोग प्रसाद तिमल्सिाना,चन्द्रबहादुर पौडेल, पूर्णबहादुर पौडेल, वेदनाथ घिमिरे र सुुकुराम पुर्कुटीको घरका सामानहरू सुरक्षित गरी धराप संरचना भत्काउने कार्य सम्पन्न गरे ।
चौथो दिन जेठ १३ गते लामाटारको ढुंगेनीचोक, घिमिरेटोल, तेह्«विसेटोल र लुभुबजारमा स्वयंसेवक अभियान सञ्चालन गरियो । उक्त दिन मने परियारको अस्थायी घर निर्माण गर्नुका साथै विदुर घिमिरे, आत्मराम घिमिरे, लक्ष्मण विशंखे, अशोक रोका शार्की, गणेश श्रेष्ठ, कमल कुमार श्रेष्ठ, सरोज कुमार श्रेष्ठ, अमृत कुमार श्रेष्ठ, आश्विनी कुमार श्रेष्ठ, इश्वरमान श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, प्रभा हाडा, पुतली राजथला, नारायण राजथला, हर्षव. राजथला, मुकेश श्रेष्ठ र कृष्णभक्त श्रेष्ठका जोखिमपूर्ण घरहरूबाट सामानहरू सुरक्षित गरी धराप संरचनाहरू भत्काउने कार्य भयो ।
अभियानको पाचौं दिन जेठ १४ गते घिमिरेटोल, ढुंगेनीचोक र लुभुबजारमा नै अभियान केन्द्रीत भयो । उक्त दिन निर्मला घिमिरे र कुमार परियारको अस्थायी घर निर्माण गरियो । त्यसैगरी, राममान श्रेष्ठ, रत्न श्रेष्ठ, सुन्तली श्रेष्ठ, रामशरण राजथला, रामबहादुर राजथला, जगतमान राजथला, हर्कमान राजथला, रुपेन्द्र राजथला, गोपाल राजथलाले बिक्री गरेको घर, गङ्गाबहादुर श्रेष्ठ, सुनिल श्रेष्ठ र देवबहादुर श्रेष्ठका जोखिमपूर्ण घरहरूबाट सामानहरू सुरक्षित गरी धराप संरचनाहरू भत्काउने कार्य गरियो ।
छैठौं दिन जेठ १५ गते अभियान पूर्णरुपमा लुभुबजारमा केन्द्रीत भयो उक्त श्रेष्ठजीको अस्थायी घर निर्माण गर्नुका साथै लक्ष्मण महर्जन, मुुकेश श्रेष्ठ, राजकुुमार महर्जन, नारायण महर्जन, सजना महर्जन, किरण श्रेष्ठ, मायादेवी श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, सावित्री श्रेष्ठ, योगेन्द्र श्रेष्ठ, धनबहादुर महर्जन, पूूर्णबहादुर महर्जन, राधेश्याम श्रेष्ठ, सुुनिल महर्जन, नगेन्द्रमान श्रेष्ठ, नरेश महर्जन र विश्व खड्काको धराप घरहरूबाट सामानहरू सुरीषत गराई भराप संरचनाहरू हटाउने कार्य सम्पन्न भयो ।
अभियानको सातौ दिनजेठ १६ गते स्वयंसेवक टोलीले ढुंगेनीचोककी नाम थाह नभएकी बुढी आमाको लागि अस्थायी घर निर्माण गर्नुका साथै सो दिन स्वयंसेवक टोली लामाटारको सिस्नेरी र लुभुबजारमा केन्द्रीत भएको थियो । उक्त दिनको अभियानको क्रममा मुुकेश श्रेष्ठ, नन्दलाल श्रेष्ठ, उत्तमलाल श्रेष्ठ, राजेश श्रेष्ठ, रमेश श्रेष्ठ, नारायणकाजी श्रेष्ठ, पूूर्ण महर्जन, चक्रबहादुर महर्जन, राजुुवावु नापित, दामोदरलाल श्रेष्ठ, नरबहादुर श्रेष्ठ, जितेन्द्र श्रेष्ठ, रविन्द्र श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, राममान श्रेष्ठ, रामलाल साही, नारायणलाल श्रेष्ठ, कृष्णलाल श्रेष्ठ, तुलसीमान श्रेष्ठ, हरीमान श्रेष्ठ, नारायण महर्जन, सानुमैयाँ चन्द र हरिमायाँ थापाको धराप घरका संरचनाहरू हटाउनुका साथै घरका सामानहरू सुरक्षित गरिएको थियो ।
जेठ १७ गते अभियान टोलीले १ दिन विश्राम गरी जेठ १८ गते अभियानको नवौं दिन लुभुबजारस्थित वेष्टविङ्ग उच्च मा. वि. को ८ कोठाको अस्थायी स्कूल टहरा निर्माण गरि विद्यालयलाई हस्तान्तरण गरियो । यस अभियानमा एमाले सचिव गोकर्ण विष्ठ स्वयं सहभागी भई अभियान टोलीलाई उत्साह जगाउनुभएको थियो । सोही दिन स्वयंसेवक टोलीले लुभुवजार र टिकाथलीमा नानीमैयाँ श्रेष्ठ, हिरामैयाँ श्रेष्ठ, लक्ष्मण महर्जन, रामलाल साही, लक्ष्मी साही, बाबुुकृष्ण महर्जन, श्यामबहादुर बस्नेत, शंकर बस्नेत र निर्मला पौडेलको धराप संरचना भत्काई घरका सामान सुरक्षित गरेको थियो ।
अभियानको दशौं दिन जेठ १९ गते सिद्धिपुर र टिकाथलीमा स्वयंसेवक टोली परिचालन भयो । उक्त दिन मोहनचा महर्जन, हर्ष श्रेष्ठ (रिता), वावुु महर्जन, सुरथ महर्जन, जीवन महर्जन, रुपबहादुर बस्नेत, लक्ष्मण नेम्कुल, रामचन्द्र नेम्कुल, भरत नेम्कुल, गोविन्द नेम्कुल, नविन महर्जन, चिरकाजी महर्जन, रेबहादुर महर्जन, अशोक महर्जन, चिरिमायाँ महर्जन, विना महर्जन, वावुकाजी महर्जन र नाम थाह हुन नसकेको आमाको धराप घर हटाई घरका सामानहरू सुरक्षित ठाउँमा सारिएको थियो ।
एघारौं दिन जेठ २० गते स्वयंसेवक टोली चांगाथली र सिद्धिपुरको ऐंगल, पिटीगाउँ, भिमसेनटोल, धसीटोल, रामढोकाटोल र दुन्छेटोलका बस्तीहरूमा परिचालित भयो । अभियानका क्रममा उक्त दिन रामेश्वर महर्जन, वील साही, वावु महर्जन, मान बहादसर महर्जन, रुपबहादुर बस्नेत, नन्द महर्जन, नरेश महर्जन, साजन महजृन, बलराम महर्जन, विष्णु महर्जन, कालचा महर्जन, चिरमायाँ महर्जन, काजीबहादुर महर्जन, धनमायाँ महर्जन, राजेन्द्र महर्जन, राममायाँ महर्जन, राज्यलक्ष्मी घिमिरे, रमेश महर्जन र गोविन्द नेमकुलको धराप घरका संरचनाहरू भत्काई घरबाट सामानहरू सुरक्षित गरी अन्यत्र सारिएको थियो ।
अभियानको बाहैं दिन असोज २१ गते सिद्धिपुरको न्हूँफल्चा, खुशी लः, रामढोका, सत्यटोल, छाउनी, यंगलटोल, भिमशेन टोल, वरपाचो र तधः ननी टोलका वस्तीहरूमा उद्धार कार्यमा स्वयंसेवक टोली परिचालन गरियो । सो दिन हिरामायाँ महर्जन, जुजुमान महर्जन, श्यामकृष्ण महर्जन, नरेश नेम्कुल, भचजा महर्जन, भुयु महर्जन, तुलसी महर्जन, राजेन्द्र महर्जन, रामगोविन्द महर्जन, अमित महर्जन, कृष्ण महर्जन, कर्म महर्जन, आशाराम महर्जन, धर्म महर्जन, धन गोविन्द महर्जन, गणेश महर्जन, बाबु महर्जन, तारानाथ श्रेष्ठ, घनश्याम महर्जन, नन्द महर्जन, गोपाल अबाले, तुल्सीमायाँ महर्जन, विनोद श्रेष्ठ, महन महर्जन, गोपी महर्जन, नकली महर्जन, सन्तुमायाँ महर्जन, विष्णुदेवी महर्जन, माइला महर्जन, बाबुकाजी महर्जन, धर्म महर्जन र सोम श्रेष्ठको धराप संरचना हटाई घरका सामानहरू सुरक्षित स्थानान्तरण गरिएको थियो ।
स्वयंसेवक टोलीले अभियानको तेह्«ौं दिन जेठ २२ गते लुभु, चांगाथली, वाकोननी, नासलचोक र साहीटोलमा परिचालित भई उद्धार कार्य गरेको थियो । त्यसक्रममा वासुदेव श्रेष्ठ, गम्भीरमान श्रेष्ठ, अपुल राजथला, प्रदिप दुलाल, भक्तबहादुर श्रेष्ठ, लक्ष्मीबहादुर श्रेष्ठ, राधिका नापित, कृष्ण श्रेष्ठ, केशरी श्रेष्ठ, बुद्धिमायाँ साही, कृष्णगोविन्द महर्जन, धनबहादुर महर्जन, रविन्द्र महर्जन, दिपेश्वरी श्रेष्ठ, धनबहादुर महर्जनको वहिनी, अष्ट महर्जन, कृष्णबहादुर साही, दिलबहादुर साही, लक्ष्मीबहादुर साही, सन्तबहादुर साही, पञ्च कुमारी खड्गी, मनकाजी साही, सिद्धीबहादुर साही, बुद्धि महर्जन, सानु महर्जन र नवराज के.सी.का धराप घरहरूबाट सामानहरू सुरक्षित गरी धराप संरचनाहरू भत्काइएको थियो ।
अभियानको चौधौं दिन जेठ २३ गते स्वयंसेवक टोली चाँगाथलीमा केन्द्रीत भएको थियो । उक्त दिन सिस्नुपानी नेपालका अध्यक्ष हास्य कलाकार लक्ष्मण गाम्नाङ्गेको समेत सहभागिता रहेको थियो । गाम्नाङ्गेको व्यंग कविता र जागरण गितबाट प्रारम्भ भएको उक्त दिनको अभियानमा केशव खड्का, नानीमैयाँ श्रेष्ठ, राम श्रेष्ठ, रुपेन्द्र बस्नेत, पूर्णबहादुर महर्जन, तीर्थ महर्जन, कृष्णबहादुर के.सी., महेश के.सी., परसुराम के.सी., कृष्ण के.सी. र शंकर महर्जनका घरहरूबाट सामान सुरक्षित गरी धराप घरहरू भत्काइएको थियो ।
जेठ २४ गते एक दिन आराम गरी जेठ २५ गते अभियानको सोहैं दिन पनि अभियान टोली चाँगाथलीमा नै सम्पूर्ण शक्तिका साथ केन्द्रीत भएको थियो । उक्त दिन चाँगाथलीका हरीबहादुर थापा, नानीकाजी थापा, भिमशेन महर्जन, सानुकाजी महर्जन, परसुराम के.सी., प्रकाश रानाक्षेत्री, केशब रानाक्षेत्री, राजेन्द्र कार्की, नवराज कार्की र सुरेन्द्र कार्कीका धराप घरहरू भत्काई घरमा रहेका सामानहरू सुरक्षित गरिएको थियो । अभियानमा स्थानीय जनताले समेत उत्साहजनक रुपमा साथ सहयोग गरेका थिए ।
अभियानको सत्रौं दिन जेठ २६ गते स्वयंसेवक टोली ललितपुर उप महानगरपालिकाको भित्री शहरी बस्तीभित्र प्रवेश ग¥यो । उक्त दिन टोलीले च्यासलमा धौ साहीको अस्थायी घर निर्माण गर्नुका साथै च्यासलकै कृष्ण साही, श्याम व्यञ्जनकार, पुनुमायाँ व्यञ्जनकार, कृष्णमान व्यञ्जनकार, सुरेन्द्र शाक्य र गङ्गामान व्यञ्जनकारका धराप घरका सामानहरू सुरक्षितस्थानमा सारी जोखिमपूर्ण धराप घरहरू भत्काइएको थियो ।
अभियानको अठारौं दिन जेठ २७ गते रोमाञ्चकारी रह्यो । उक्त दिन सिद्धिपुरमा राष्टिय स्वास्थ्यकर्मी सङ्घको संयोजनमा विशेष समारोह आयोजना गरी नेकपाएमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा प्राथमिक स्वास्थ्य केन्द्र भवनको सिलन्यास गरियो । अभियान टोली उक्त कार्यक्रममा सहभागि हुनुका साथै उक्त दिन इन्सेक समेतको सहकार्यमा ससीडोलमा निर्मला पौडेलको अस्थायी घर निर्माण गर्नुका साथै सिद्धिपुर र चाँगाथलीमा रिता अबाले, सत्य नारायण श्रेष्ठ, घनश्याम महर्जन, बाबुकाजी नेम्कुल, रामचन्द्र नेम्कुल, चतुरबहादुर खत्री र रामचन्द्र थापाको धराप घरहरू भत्काउने र सामान सुरक्षित गर्ने काम भयो ।
उन्नाइसौं दिन जेठ २८ गते ललितपुर शहरको भित्री वस्ती च्यासलमा धौ साहीको अस्थायी घर निर्माण गर्नुका साथै च्यासलका गङ्गामान व्यञ्जनकार ज्ञानेन्द्र शाक्य तथा वडा नं. १८ का नरसिंह श्रेष्ठ र कुमार शर्माका जोखिमपूर्ण घरहरूबाट सामान निकाली धराप घरहरू भत्काइएको थियो ।
अभियानको बिसौं दिन जेठ २९ गते पनि उपमहानगरको भित्री बस्ती च्यासल र यलमंगलमा उद्धार कार्य जारी रह्यो । उक्त दिन नविन महर्जन, देवलाल महर्जन, देव महर्जन, कयाँ महर्जन, राम महर्जन, विष्णु महर्जन, सविना शाक्य, पुनः व्यञ्जनकार, श्याम व्यञ्जनकार र वावुकाजी व्यञ्जनकारका धराप घरहरू भत्काई धरापमा परेका घरका सामानहरू सुरक्षित गरियो ।
एक्काइसौं दिन जेठ ३० गते स्थानीय भुगोलका स्वयंसेवकहरूको सक्रियतामा इमाडोलका जगदेव महर्जनको धराप घर भत्काई अभियानलाई निरन्तरता दिइएको थियो ।
अभियानको वाइसौं दिन जेठ ३१ गते साँस्कृतिक ऐतिहासिक सम्पदाहरूको सरसफाई अभियान सञ्चालन गरियो । त्यसक्रममा पाटन दरवार, कृष्णमन्दिर र वंगलामुखी क्षेत्रको सफाई गरिएको थियो । अभियानमा एमालेका वरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाल सहित पार्टीका केन्द्रीय नेताहरूको समेत उत्साहजनक सहभागिता रह्यो ।
अभियानको तेइसौं दिन जेठ ३२ गते स्वयंसेवक टोली ललितपुरको दुर्गमक्षेत्र लाँकुरीभञ्ज्यांग प्रस्थान ग¥यो । उक्त दिनको अभियान रोमाञ्चकारी रहेको छ । सो दिन टिमलाई २ समुहमा विभाजन गरी कालीदेवी माध्यमिक विद्यालय र बासुकी माध्यमिक विद्यालयका ४, ४ कोठाका अस्थायी स्कुल भवन निर्माण गरियो । अभियानका अनुगमनकर्ता विष्णु पौडेलबाट निर्मित अस्थायी भवनहरू विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गरियो ।
असार १ र २ गते विश्राम गरी असार ३ गते चौविसौं दिन पिपिएलए समेतको सहकार्यमा सिद्धिपुरमा लक्ष्मी महर्जन, सानुमैयाँ श्रेष्ठ, नानी महर्जन र ज्ञानुमायाँ महर्जनको धराप घरहरू भत्काइयो ।
पच्चीसौं दिन असार ४ गते पाटनका भित्री गल्लीहरू यँगुवहाल, छुसिकाटोल, सौगल र च्यासलमा अभियान सञ्चालन भयो । त्यसक्रममा शंकर वाराही, सुजित महर्जन, शान्त ब. श्रेष्ठ र भुयुचा अबालेका जोखिमपूर्ण धराप घरहरू भत्काइयो ।
असार ५ गते विश्राम गरी असार ६ गते अभियानको छव्विसौं दिन स्वयंसेवक टोली इमाडोल र ललितपुरका भित्री बस्ती सक्वटोल, दुपाट टोल, वडा नं. १६ र २२ मा परिचालित भयो । सो दिन श्याम महर्जन, मैयाँ महर्जन, रत्न महर्जन, बसु महर्जन, राम महर्जन र कान्छी महर्जनका धराप घरहरूबाट सामान सुरक्षित गरी धराप घरहरू भत्काइएको थियो ।
अभियानको सत्ताइसौं दिन असार ८ गते स्वयंसेवक टोली बसन्तपुर देखि ठमेलसम्मको वृहत साँस्कृतिक जागरण ¥यालीमा सहभागी भएको थियो ।
अभियानको अन्तिम दिन असार १० गते भृकुटीमण्डपमा आयोजित समापन समारोहमा सहभागिता रहेको थियो । भूकम्प अति प्रभावित १७ जिल्लामा सञ्चालित अभियानका तस्विरहरूको वृहत प्रदर्शनीमा ललितपुर अभियानका महत्वपूर्ण तस्विरहरू पनि समेटिएको छ । यसरी एक महिने राष्ट्रिय स्वयँसेवक अभियान सम्पन्न गरिएको थियो ।

यस अभियानको स्मरणका लागि मित्र दिपेन्द्र दाहालको सहयोगमा सि.डि. निर्माण गरिएको छ । अभियानको समाप्ति पश्चात पार्टी र पेसागत महासङ्घ नेपालले स्वयंसेवकहरूलाई विशेष समारोह आयोजना गरी सम्मान सहित प्रमाण पत्र प्रदान ग¥यो । यस अभियानका माध्यमबाट जनताका दुखमा कोनेप सधैँ साथमा छ भन्ने सन्देश प्रवाह भएको छ ।
समाप्त

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विश्व ट्रेड युनियन महासंघको प्रेसिडेन्सियल सदस्यमा नेपालका खनाल निर्वाचित

पुष्पलालका योगदान र वामपन्थी एकता, प्रेमलकुमार खनाल

नेपाल र भुटानको ट्रेड युनियन महासंघको संयोजकमा प्रेमलकुमार खनाल

पेशागत महासंघ नेपाल प्रदेश न ३ को भेला सम्पन्न, २२ माघ २०७३, शनिबार

पेशागत महासंघ नेपालको शुभकामना कार्यक्रम मंगलबार




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

977 01 4427602, 4425525 / Fax : 977 01 4435574